लुम्बिनी जनरल इन्स्योरेन्सले कार्तिक २४ गतेदेखि हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्बिनी जनरल इन्स्योरेन्सले कार्तिक २४ गतेदेखि हकप्रद निष्काशन गर्ने



काठमाडाै । लुम्बिनी जनरल इन्स्योरेन्सले कार्तिक २४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले १०:२ को अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो । जस अनुसार कम्पनीले १७ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

लगानीकर्ताले मंगसिर २९ गतेसम्म हकप्रद भर्न सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि असोज २७ गते सोमबार बुक क्लोज गर्ने जनाएको हो। असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । कम्पनीले हकप्रद निष्काशनको लागि सिबीआईएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रहेकोमा २० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड ६० लाख पुग्ने छ।

प्रकाशित : १७ कार्तिक २०७६, आईतवार ०९:१७