क्लिङ्करमा नेपाल आत्मनिर्भर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

क्लिङ्करमा नेपाल आत्मनिर्भर



काठमाडौं । सिमेन्टका लागि आवश्यक कच्च पदार्थ क्लिङ्कर उत्पादनमा मुलुक आत्मनिर्भर बनेपछि चालू आर्थिक वर्ष २०७६र७७ मा भारतबाट आयात पूर्ण रुपमा रोकिएको छ ।

एक दशकअघिसम्म मुलुकका दुई सरकारीबाहेक निजी क्षेत्रबाट सञ्चालित सबै सिमेन्ट उद्योग भारतबाट आयातित क्लिङ्करमा निर्भर थिए तर चालू आर्थिक वर्षको सुरुदेखि नै उद्योगका लागि मुलुकमा उत्पादित क्लिङ्कर पर्याप्त रहेको रुपन्देहीका उद्योगीले बताएका छन् ।

चालू आर्थिक वर्षदेखि क्लिङ्करमा मुलुक आत्मनिर्भर भएको छ । त्यसैले परनिर्भरता हटेको छ, उद्योग वाणिज्य महासङ्घ सदस्य तथा उद्योगी राजेश अग्रवालले बताए । अहिले क्लिङ्कर उत्पालन साथै ठूला सिमेन्त उद्योग स्थापना हुने क्रम बढ्न थालेपछि । परनिर्भता हटेको उनको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १७ कार्तिक २०७६, आईतवार ०९:०५