भाइटीका पछि पूर्वराजाले भने- यो दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन हैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भाइटीका पछि पूर्वराजाले भने- यो दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन हैन



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरबिक्रम शाहले आफ्नी बहिनीको हातबाट तिहारको टिका लगाएका छन् । शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।

उनले भाईटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि त्यसअघि नै टीका लगाएका थिए । पूर्वराजा शाह टीका लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए ।

भाइटीकापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै शाहले भाईटिकाको दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन नभएको भन्दै आज परिवारसँग बसेर रमाइलो र खुशी साट्ने दिन भएको बताए ।

प्रकाशित : १२ कार्तिक २०७६, मंगलवार १८:४६