प्रधानमन्त्री केपी ओलीले चार जना बहिनीको हातबाट तिहारकाे भाइटीका लगाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रधानमन्त्री केपी ओलीले चार जना बहिनीको हातबाट तिहारकाे भाइटीका लगाए



काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले चार जना बहिनीको हातबाट तिहारकाे भाइटीका लगाएका छन् ।

मंगलबार बिहान बालुवाटारस्थित सरकारी निवासमा ओलीलाई बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलसँग टीका लगाएका हुन् ।

भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भए पनि १ बजेर ३८ मिनेट जाँदा ओलीले पत्नी राधिका शाक्यसहित आफ्ना बहिनीहरूबाट भाइटीका ग्रहण गरेका थिए ।

उनले पनि बहिनीहरूलाई टीका लगाइदिएका छन् ।

प्रधानमन्त्री ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपील गरेका छन् । तिहारमा जुवा, तास खेल्नेलगायतका विकृति र विसंगतिजन्य क्रियाकलाप भइरहँदा प्रधानमन्त्री ओलीले त्यस्ता खालका नराम्रा क्रियाकलाप छोड्न सबैलाई आग्रह गरे ।

प्रकाशित : १२ कार्तिक २०७६, मंगलवार १८:४१