काठमाडाैं । मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से दुई दशमलव ०४ अंकले बढेर एक हजार १३४ दशमलव ७९ कायम भयो भने कारोबार रकम १६ करोड ५२ लाख रुपियाँ बराबरमा सीमित भयो ।
आज धेरै कारोबार गर्नेमा नबिल बैंक अगाडी रहेको छ । जसको कारोबार एक करोड ३२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । जसको कारोबार एक करोड ३१ हजार रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, बैंक, विकास बैंक, हाइड्रोपावर, उत्पादन समूह, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स समूहको सुचकमा शुन्य प्रतिशतभन्दा बढी अंकको सुधार आएको छ भने बाँकी सबै समूहका सुचकमा शुन्य प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
त्यसैगरी, धेरै कमाउनेमा लक्ष्मी इक्विीटी फण्डका लगानीकर्ता अगाडि छन् । फण्ड ५.३० प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, घाटा खानेमा एभरेष्ट बैंकका लगानीकर्ता रहेका छन् । बैंक चार दशमलब ९६ प्रतिशतले घाटामा गएको छ ।
Comment