हलिउड गायिका लेडी गागाको ट्वीटले हिन्दू खुसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हलिउड गायिका लेडी गागाको ट्वीटले हिन्दू खुसी



काठमाडौं। हलिउड गायिका तथा अभिनेत्री लेडी गागाले आइतबार आफ्नो एक ट्वीटले इन्टरनेटमा हलचल मच्चाएकी छिन् । लेडी गागाले ट्वीटरमा एक संस्कृत मन्त्र लेखेर ट्वीट गरिन् जसलाई पढेर हिन्दू प्रयोगकर्ता खुसी भए तर अरु भने अलमलमा परे । लेडी गागाले ट्वीटरमा लेखिन् ‘लोकाः समस्ताः सुखिनो भवन्तु’ । जब यो ट्वीट पोस्ट भयो त्यसपछि पश्चिमा ट्वीटर प्रयोगकर्ताहरु यसको अर्थ र यसको पछाडि लुकेको सन्देश खोज्न लागेका छन् ।

लेडी गागाले ट्वीटरमा लेखेको संस्कृत मन्त्रको केही अंश मात्र हो । यो पूरा मन्त्र ‘स्वस्तिप्रजाभ्यः परिपालयंतां न्यायेन मार्गेण महीं महीशाः । गोब्राह्मणेभ्यः शुभमस्तु नित्यं लोकाः समस्ताः सुखिनोभवंतु ॥ ॐ शान्तिः शान्तिः शान्तिः’ हो । यो ट्वीट अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । अहिलेसम्म यसलाई १३ हजार रिट्वीट र ५७ हजारले लाइक गरिसकेका छन् ।

प्रकाशित : ३ कार्तिक २०७६, आईतवार २०:३४