महरालाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

महरालाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति



काठमाडौँ । बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत, काठमाडौंले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आइतबार थुनछेक बहसका लागि अदालत लगिएका उनले त्यहाँ लिखित बयान पेश गरेपछि अदालतको ३१ न. इजलासले यस्तो आदेश दिएको हो ।

आइतबार दिनभर सरकारी वकिल कार्यालयमा उनको बयान लिएपछि अदालतमा साँझ पेश गरिएको थियो । उनको लिखित बयान प्राप्त गरेको २० मिनेटपछी साँझ ६:२० मा अदालतले उनलाई थप ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि यसबीच अस्पताल भर्ना गरिएको थियो । १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ परेका उनले यसअघि स्वास्थ्यकै कारण देखाउदै बयान दिन नसक्ने बताएका थिए ।

प्रकाशित : ३ कार्तिक २०७६, आईतवार १८:५७