महुली लघुवित्तको लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

महुली लघुवित्तको लाभांश प्रस्ताव



काठमाडाै । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको असोज २९ गते बसेको ९५ औं बैंठकले शेयरधनीलाई ३१.५७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

लघुवित्तले हाल कामय चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २ करोड ४ लाख रुपैयाँ बराबरको बोनस र ११.५७९ प्रतिशत अर्थात एक करोड १८ लाख १० हजार ५८० रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउनेछन् ।

प्रकाशित : 17 October, 2019 11:07 am