मध्यभोटेकोसीले १ अर्ब ५० करोड मूल्य बराबरको आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

मध्यभोटेकोसीले १ अर्ब ५० करोड मूल्य बराबरको आइपीओ निष्कासन गर्ने



काठमाडौं । मध्यभोटेकोसी जलविद्युत कम्पनीले १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो । सय रुपैयाँमा अंकित १ अर्ब ५० करोड मूल्य बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर निष्कासन गर्न ग्रेड फोर प्लस रेटिङ पाएको छ । निष्कासन हुने सेयरमध्ये १० प्रतिशत ९६० करोड रुपैयाँको ६० लाख कित्ता० आयोजना प्रभावित स्थानीय र १५ प्रतिशत ९९० करोड रुपैयाँको ९० लाख कित्ता ० सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति मिलेपछि सेयर निष्कासन गरेर बाँडफाँड गरिनेछ । सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई संयुक्तरूपमा बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले यसअघि ऋणदाता कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९।५ प्रतिशत एक अर्ब १७ करोड रुपैयाँको एक करोड १ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि ३।५ प्रतिशत अर्थात २१ करोड रुपैयाँको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १।६ करोड रुपैयाँको ६ लाख कित्ता किष्कासन गरेर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ५० प्रतिशत निर्माण पूरा भएको छ ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार १०:४४