सेयर बजारमा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारमा सुधार



काठमाडाै । मंगलबार (आज) सेयर बजारमा सुधार देखिएको छ । आज नेप्से ५.०८ अंकले वृद्धि भई ११४२.०४ विन्दुमा रोकिएको छ ।


आज २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । हिजो २१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको थियो । त्यस्तै १ सय ५२ कम्पनीको ७ लाख ५६ हजार ८ सय ९७ कित्ता सेयर खरिद–विक्री भएको छ ।


आज नेप्सेमा सूचिकृति १२ समूहकै उपसूचकमा सुधार देखिएको छ । सबैभन्दा बढी उपसूचक वृद्धि हुनेमा जीवन विमा कम्पनी रहेको छ । उक्त जीवन बीमा कम्पनीको उपसूचकमा ३१.१५ अंकले सुधार भएको हो ।


त्यसैगरी आज सबैभन्दा बढी सेयर कारोबार सिद्धार्थ बैंक लिमिटेड भएको छ । उक्त बैंकको ४ करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलवार १६:०१