मेरो शेयर सफ्टवेयरमा नयाँ फिचर्सहरु थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मेरो शेयर सफ्टवेयरमा नयाँ फिचर्सहरु थप



काठमाडाै । सिडिएससीले संचालनमा ल्याएको मेरो शेयर सफ्टवेयरमा नयाँ फिचर्सहरु थप भएका छन् । सिडिएसले सोमबारबाट भारित औसत लाभकर गणना विधि सहितका नयाँ फिचर्स थपिएको साइट संचालनमा ल्याएको हो ।

तर नयाँ लुक्स सहित आएको मेरोशेयरमा केहि लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो घटेको गुनासो गरेका छन् । आफ्नो पोर्टफोलियोमा रहेको केहि कम्पनीको अन्तिम मूल्य एक सय कायम गरिएको र त्यसको कारण पोर्टफोलियो घटेको गुनासो लगानीकर्ताहरुले गरेका हुन् ।

सिडीएसले भने डाटा माईग्रेसनको क्रममा नेप्सेमा कारोबार नभएका कम्पनीको शेयर मूल्य अपडेट गर्न बाँकि रहेकोले यस्तो समस्या देखिएको जनाएको छ ।

डाटा माईग्रेसन गर्ने दिन नेप्सेमा कारोबार भएका कम्पनीको अन्तिम मूल्य नै तानिएको तर त्यस दिन नेप्सेमा कारोबार नभएका कम्पनीको अन्तिम मुल्युआ भने तान्न बाँकि रहेको सिडीएसले प्रष्ट पारेको छ । कारोबार नभएका कम्पनिको डाटा ‘म्यानुअल्ली’ तान्नु पर्ने र सो काम आज मंगलबार सकिने सिडीएसले स्पष्ट पारेको छ ।

सिडीएसले लगानीकर्ताको सम्पत्ति नगुमेको र आज त्यो समस्या सम्स्धन हुने भएको नअत्तिन आग्रह गरेको छ ।

मर्जमा गएका कारण कारोबार रोकिएका र मर्जमा नगए पनि कारोबार नभएका कम्पनीको अन्तिम मूल्य ‘म्यानुअल्ली’ तान्नु पर्ने सिडिएसले जनाएको छ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलवार १३:४५