एनआरएनएको नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आज देखि सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआरएनएको नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आज देखि सुरु



काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आज देखि सुरु हुँदैछ । सम्मेलन दुई दिनेसम्म सञ्चालन हुनेछ ।

सम्मेलनको पहिलो दिन आज राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा उद्घाटन हुनेछ । कार्यक्रममा प्रधानमन्त्रीको समेत उपस्थिति रहने आयोजकले बताएको छ । उद्घाटनसँगै सम्मेलनमा विभिन्न विषयमा अन्तरक्रियासमेत हुनेछ । सम्मेलनको दोस्रो दिन (बुधबार) निर्वाचन समेत हुनेछ । सम्मेलनले एनआरएनएको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरू, मुलुकको उद्योग व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक समाज, समाजसेवी र सञ्चारकर्मीहरूको सहभागिता रहनेछ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि, स्वदेशी विदेशी सहभागी गरी करिब २ हजार ५ सयको सहभागिता रहनेछ । ‘म, मेरो एनआर एन ए र मेरो नेपाल’ मूल नारा रहेको विश्व सम्मलेनमा विश्वभर रहेका एनआरएन नेपाल आएका छन् । यस वर्षको विश्व सम्मेलन पनि विगतमाझैँ नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुँदै छ ।

विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीलाई संघको सञ्जालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान अघि बढाउन संस्थागत संरचनाले सहयोग गरिरहेको छ । सन् २००३ देखि २०१९ सम्म आइपुग्दा नेपालीको उपस्थिति भएका ८० भन्दा बढी मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद्हरू गठन भएर अभियानमा सक्रिय छन् । नेपालले लामो राजनीतिक, सामाजिक संक्रमणको अन्त्यपछि नयाँ संविधान प्राप्त गरी समृद्धिको यात्रा सुरु गरेको समयमा हुन गइरहेको विश्व सम्मेलनलाई एनआरएनहरूले विशेष महत्वका साथ लिएको उनले जानकारी दिए ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलवार १०:४१