महरालाई आज अदालतमा पेश गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

महरालाई आज अदालतमा पेश गरिने



याैन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालतमा पेश गरिने भएको छ । उनलाई मंगलबार बिहान अस्पतालबाट सिधै जिल्ला अदालत काठमाडौं लैजान लागिएको हो ।

असोज १९ गते पक्राउ परेका उनलाई दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ । उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि महरालाई गएको बिहीबारदेखि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

उच्च रक्तचापको समस्या देखिएपछि उनलाई गत बिहीबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार अहिले उनलाई उच्च रक्तचापको साथ साथ सुगर, प्रेसर र बाथ रोगले च्यापेको छ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलवार १०:३९