सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन स्वागत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन स्वागत



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् ।

शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् ।राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी जानेछन् ।

प्रकाशित : २५ आश्विन २०७६, शनिबार १७:२७