बैंकरलाई तनाब व्यवस्थापन सम्बन्धी प्रशिक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकरलाई तनाब व्यवस्थापन सम्बन्धी प्रशिक्षण



काठमाडौं । मनोक्रान्तीका डाक्टर योगी बिकासानन्दले बैंकरलाई तनाब व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिने भएका छन् । डा. योगीले कसरी कार्यकक्षमा तनाव व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक प्रशिक्षण दिन लागेका हुन् । यही चैत्र ५ र ६ गते काठमाण्डौंको बौद्धस्थित होटल तिब्बत इन्टरनेशनलमा हुने सो कार्यक्रम बैंकका शाखा प्रबन्धक तथा विभागीय प्रबन्धकहरुको लागि लक्षित गरिएको आयोजकले जानकारी दिएको छ ।yogi bikasananda

२ दिनसम्म चल्ने आवसीय उक्त तालिममा सहसचिव सुदर्शन ढकाल, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणी ज्ञावाली, पूर्व बैंकर राजु नेपाल, बैंकिङ परामर्शदाता परशुराम कुँवर, एसियन बिकास बैंकका नविकरणीय उर्जा सम्वम्धी परामर्शदाता मधुसुदन अधिकारीले आ–आफ्नो क्षेत्रको बारेमा प्रशिक्षण दिनेछन् ।

उक्त कार्यक्रममा गुरुकुलका कलाकारहरुले असल र खराव व्यवस्थापन सम्वन्धी नाटक समेत देखाउने छन् । कार्यक्रम आयोजक श्रवणकुमार सपोर्ट प्रालिले हालसम्म ६९ बैंक वित्तीय तथा सहकारी संस्थाका १ सय ५८ जना सहभागी तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिइसहेको छ ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार ०५:४९