महराले दिएको राजीनामाको सूचना टाँसियो,नयाँ सभामुखको निर्वाचनका लागि बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

महराले दिएको राजीनामाको सूचना टाँसियो,नयाँ सभामुखको निर्वाचनका लागि बाटो खुल्यो



काठमाडौं । संघीय संसद सचिवालयले सभामुख पदबाट कृष्णबहादुर महराले दिएको राजीनामा सम्बन्धी सूचना बुधबार टाँसेको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले जनाएका छन् ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष मंगलबार महराले राजीनामा दिएका थिए । यो सूचना टाँस भएपछि नयाँ सभामुखको निर्वाचनका लागि प्रक्रिया खुलेको बुझिन्छ ।

रोशनी शाहीको अभियोगका आधारमा महरामाथि यौन दुराचारीको आरोप लागेको थियो । यसबारे कानुनी प्रक्रियाचाहिँ सम्बन्धित पीडितले सुरु गरेकी छैनन् ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार १७:२९