आज बडा दशैँको चौँथो दिन कुष्माण्डा भगवतीको पूजा आराधनागरी मनाईँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आज बडा दशैँको चौँथो दिन कुष्माण्डा भगवतीको पूजा आराधनागरी मनाईँदै



काठमाडौँ । आज बडा दशैँ अर्थात नवदुर्गाको चौँथो दिन दुर्गा माताको चौँथो स्वरुप कुष्माण्डा भगवतीको पूजा आराधनागरी मनाईँदै छ।

सूर्यको जस्तो तेज भएकी, सिंहको बहानमा सवार भगवतीका ८ हात भएकाले कुष्माण्डा मातालाई अष्टभुजा देवी पनि भन्ने गरिन्छन। आज पनि देशभरका देवी मन्दिरहरुमा भक्तजनको घुईँचो लागेको छ ।

नवदुर्गा सुरु भएसँगै जसअन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।

काठमाडौँका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गर्ने गरिन्छ।

काठमाडौँ बाहिर पोखराको बिन्ध्यवासिनी मन्दिर, धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा मन्दिरमा भक्तालुहरूको घुईंचो लागेको छ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार ०७:१९