कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए



यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । सभामुख महराले उपसभामुखलाई पत्र लेखी राजीनामा दिएका हुन् ।

आफूमाथि यौन दुव्र्यवहारको संगीन आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले सत्य, तथ्य छानविनका लागि राजीनामा दिएका हुन् ।

यसअघि यौन दुव्र्यवहारको संगीन आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई उनको पार्टीले नेकपाले संसद पदबाट समेत राजीनामा दिन सुझाव दिएको थियो । नेकपाको आज बसेको सचिवालय बैठकले सो सुझाव दिएको हो ।

\सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको संगीन आरोप लागेपछि नेकपाले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको थियो ।

प्रकाशित : १४ आश्विन २०७६, मंगलवार १३:५३