पाँच हजारको लगानी ५० हजार आम्दानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पाँच हजारको लगानी ५० हजार आम्दानी



सुनसरी इनरुवा-९ का किसान कन्हैयालाल मेहताले गत वर्ष दुई कट्ठामा बेमौसमी करेला खेती गरेका थिए । त्यसमा प्रतिकट्ठा पाँच हजार रुपियाँका दरले दुई कट्ठामा १० हजार रुपियाँ लगानी गर्दा खर्च कटाएर एक लाख रुपियाँ आम्दानी गरे ।

त्यसैबाट प्रभावित भएर मेहताले यस वर्ष २५ हजार रुपियाँ लगानी गरेर पाँच कट्ठामा बेमौसमी करेला खेती गर्नुभएको छ । मेहता भन्छन् “सुरुमा त बेमौसमी करेला खेती लगाउँदा छिमेकीहरूले पैसा बढी भएर करेला खेतीमा लगानी गरेको भन्दै हाँसोमा उडाए । जब प्रतिकट्ठामा पाँच हजार लगानी ५० हजार रुपियाँ आम्दानी भयो अनि छिमेकीले पनि यसको सिको गर्न थाले ।

मेहता करेला वारीमा गोडमेल गर्दै भने, “वेमौसमी बालीमा जोखिम त हुन्छ तर सप्रियो भने राम्रो फाइदा पनि हुन्छ ।” उनले साउन भदौमा लगाएको करेलाबाट सबैभन्दा बढी आम्दानी हुने गरेको बताए ।

बजारमा असोजदेखि पुससम्म करेलाको माग धेरै हुने भएकाले राम्रो मूल्यमा बिक्री हुने मेहताको भनाइ छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १२ आश्विन २०७६, आईतवार ०७:२१