ज्ञानेन्द्र शाहीमाथि चितवनमा अज्ञात समूहको आक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

ज्ञानेन्द्र शाहीमाथि चितवनमा अज्ञात समूहको आक्रमण



नेपालका लागि नेपाली अभियानका एक जना ज्ञानेन्द्र शाहीमाथि चितवनमा अज्ञात समूहले शनिबार आक्रमण गरेको छ ।

सुरक्षाका हिसाबले चितवनमा कार्यक्रम गर्न स्थानीय प्रशासनले अनुमति नदिएपछि शाही फर्किनका लागि बा३ख ४५ नम्बरको माइक्रोबसमा थिए । आक्रमणकारीले त्यहि हमला गरेका हुन् ।

आक्रमणमा संलग्न रहेको आशंका प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनी चौविसकोठीको होटलबाट माइक्रोबसमा चढेका थिए । घाइते शाहीलाई प्रहरीले उद्दार गरी अस्पताल पुराएको छ । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रकाशित : ११ आश्विन २०७६, शनिबार १७:५५