घटस्थापनामा सार्वजनिक बिदा दिन माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

घटस्थापनामा सार्वजनिक बिदा दिन माग



काठमाडौं । क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ ।

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आएको क्षत्री समाजले सोमबार गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा र प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।

मुलुकमा विद्यमान विकृति, विसङ्गति, विभेद् तथा राष्ट्रिय स्वाभिमान एवं नेपालीबीचको एकता र सद्भावका निम्ति आत्मबल तथा मनोवैज्ञानिक शक्ति आर्जनको माध्यमका रूपमा लिँदै आएको घटस्थापनाको दिनलाई राष्ट्रिय पर्वका रूपमा सम्मान गरी उक्त दिन सार्वजनिक बिदा दिन ज्ञापनपत्रमार्पmत माग गरिएको छ ।

क्षत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेतले परम्पराले नै मुलुकको अस्तित्व जीवित रहने बताए ।

गत वर्षदेखि सरकारले बिदा कट्टा गरेको हुँदा यसलाई पुनःस्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको क्षत्री समाज नेपाल कास्कीका अध्यक्ष पद्मबहादुर कार्कीले बताए ।

प्रकाशित : ७ आश्विन २०७६, मंगलवार ११:३४