रेशम चौधरी छुट्ने संकेत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

रेशम चौधरी छुट्ने संकेत



सुनसरी / नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी देखिका सांसद रेशम चौधरी छुट्ने संकेतकाे अभिव्यक्ति दिएका छन् । सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले यस्ताे अभिव्यक्ति दिएका हुन् । रेशम चौधरीको नाम उल्लेख नगरी उनले भने, ‘जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्नेछ ।’

टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति समेत भइसकेको उनले बताए । रेशम चौधरी कैलाली १ बाट प्रतिनिधिसभाका सदस्य हुन । टीकापुर घटनामा जन्दकैदको सजाय पाएका उनले जेलमै रहेका बेला सपथसमेत लिएका थिए ।

नेकपा अध्यक्ष प्रचण्डले संविधान बनाउने क्रममा नै आफूले यो पूर्ण छैन भनेर भनेर लिखित असहमति राखेको स्मरण गर्दै उनले भने, ‘संविधान गतिशील दस्तावेज हो र संशोधन गर्दै जाने प्रयास निरन्तर जारी छ ।’ उनले शान्तिपूर्ण दबावबाटै संविधान संशोधनका लागि वातावरण बनाउनुपर्ने धारणा समेत राखे ।

प्रकाशित : ५ आश्विन २०७६, आईतवार १७:३७