नयाँ नोट कहिले साट्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नयाँ नोट कहिले साट्ने ?



काठमाडाै । दशै अायो । दशैका लागि नयाँ नाेटको जोहो गर्ने तयारीमा हुनुहुन्छ भने असोज १० गतेदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने भएको छ ।

थापाथलीमा नयाँ भवन निर्माण भइरहेकाले यसपाली बालुवाटार कायाएलयबाट नोट सटही सुविधा दिने राष्ट्र बैंकको तयारी छ । यसका अलावा क्षेत्रीय कार्यालयहरु तथा सरकारी बैंक र शाखाहरुबाट नोट साट्ने सुविधा उपलब्ध गराउने बताइएको छ । निजी बैंकहरुमा पनि नोट साट्ने सुविधा पाइनेछ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म उपलब्ध गराउन सक्नेछ । चिने जानेकाहरुलाई बाँडेर पैसा सकाएको गुनासो आएपछि निजी क्षेत्रका बैंकलाई यसपाली कम मात्र नोट उपलब्ध गराउने राष्ट्र बैंकको तयारी छ ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १३:१८