१ सय रुपैयाँमा ३ जिबी डाटा प्याक यसरी चलाउनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

१ सय रुपैयाँमा ३ जिबी डाटा प्याक यसरी चलाउनुस्



काठमाडौ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि 14153# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १२:५१