यी आयोजनाले गर्दै छन् आईपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

यी आयोजनाले गर्दै छन् आईपीओ निष्काशन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । माथिल्लो अरुण आयोजनाले सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत १०६० मेगावाटको यस आयोजनाले आईपीओ निष्काशन गर्ने भएको हो।

नेपाल बिद्युत प्राधिकरणको भावी कार्ययोजना सार्वजनिक गर्दै कार्यकारी निर्देशक कुलमान घिसिंङले यस्तो जानकारी दिएका हुन। उनले ९९ दशमलब ६ मेगावाटको तामाकोशी पाँचौंको पनि ४९ प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गरिने जानकारी दिए।

यी आयोजना स्वदेशी वित्तीय संस्था र अन्तराष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियत ऋणमा बन्ने समेत उनले बताए।

प्राधिकरणले ६३५ मेगावाटको दुधकोशी, ८२५ मेगावाटको उत्तर गङ्गा जलबिद्युत आयोजना, २१० मेगावाटको चैनपुर सेती र चिलिमे अन्तर्गतको ४२५ मेगावाटको जलबिद्युत आयोजना पनि अघि बढाउने निर्देशक घिसिङले जानकारी दिए ।

प्रकाशित : २९ भदौ २०७६, आइतबार १६:५५ 15 September, 2019 4:55 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।