मलाई पासरका विरुद्ध ७ लाख हस्ताक्षर दरबारमा बुझाएर दुःख दिने तै होइनस् भन्दै गाली गरेः मन्त्री भट्टराई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मलाई पासरका विरुद्ध ७ लाख हस्ताक्षर दरबारमा बुझाएर दुःख दिने तै होइनस् भन्दै गाली गरेः मन्त्री भट्टराई



काठमाडाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा केही युवाले जहाजभित्र गालीगलौज गरेका छन् । मन्त्री भट्टराईका कारण जहाज उड्न ढिलो भएको भन्दै उनीहरुले जहाजमा बसेका मन्त्री भट्टराईलाई गालीगलौज र हप्कीदप्की गरेका हुन् ।

राजावादी भनेर चिनिएका ज्ञानेन्द्र शाहीलगायत युवाले बुद्ध एयरको जहाजभित्र मन्त्रीलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा समेत राखेका छन् । नेपालगञ्जबाट काठमाण्डौ उड्न लागेको जहाजलाई मन्त्रीले एक घण्टासम्म कुराएको भन्दै उनीहरुले गालीगलौज गरेका हुन् ।

ज्ञानेन्द्र शाहीले ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो’ भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन् ।

मन्त्री भट्टराईले भने आफ्नो कारण जहाज १५ मिनेट मात्रै ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।
मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार ०७:४०