हिमालयन पावर पार्टनर लिमिटेडले रू १० करोड ६५ लाख ४१ हजार ७ सयको शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने धितोपत्रको वेबसाइटमा उल्लेख छ । कम्पनीले फागुन ४ गते निष्कासन अनुमति दर्ता गरेको छ । यस कम्पनीको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
अरुण कावेली पावर लिमिटेडले पनि सर्वसाधारणका लागि पनि रू १५ करोडको शेयर निष्कासन गर्न लागेको छ। कम्पनीले फागुन ३ गते धितोपत्र बोर्डमा निष्कासन अनुमति मागेको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा स्थानीयका लागि रू २६ करोड ४० लाखको शेयर निष्कासन गर्न लागेको छ ।
यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि सर्वसाधारण रू १२ करोडको शेयर निष्कासन गर्दै छ । त्यसैगरी, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको रू ३० करोडको शेयर निष्कासन गर्ने भएको छ ।
– See more at: http://www.newssewa.com/content/ipo-aaudai.html#sthash.lcKNUwLj.dpuf
Comment