सुनको भाउ घट्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउ घट्दै



काठमाडौं । सुनको भाउ विस्तारै घट्ने क्रममा लागेको छ । निरन्तरको वृद्धिपछि भाउ नयाँ उचाईमा पुगेको थियो । त्यसपछि केही तल झर्ने क्रम सुरु भएको हो । यसैक्रममा शुक्रबार तोलाको २ सय रुपैयाँ सस्तो भएको छ । बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै घटेको हो । यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला ८७० रुपैयाँ कायम भएको छ । तीजको आसपासमा सुन हालसम्मकै किर्तिमानी मूल्य प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कायम हुने भाउको प्रत्यक्ष असर नेपालमा पनि पर्ने गरेको छ । पछिल्लो समय सुनको मूल्यमा बढी उतारचढाव आउनुमा अमेरिका र चीनबीच बढ्दो व्यापार युद्ध मुख्य कारण रहेको व्यापारीहरु बताउँछन् ।

प्रकाशित : २७ भाद्र २०७६, शुक्रबार ११:५०