दाउराको भारी दिएर विवाहको प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दाउराको भारी दिएर विवाहको प्रस्ताव



काठमाडौं । कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाई हुन्छ । छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ । नेपालमा यस्ता ठाउँ पनि छन् जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन ।

उत्तरी गोरखाका गुरुङ समुदायको बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन् । दाउरा स्वीकार भए विवाह पनि स्वाीकारेको अर्थ लाग्छ । केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्नुपर्छ ।

यस्तो प्रथा धार्चे गाउँपालिकाका लापुलगायत सातवटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा प्रचलित छ । यसरी गरिएको विवाहमा न लाखौँ खर्च, न झन्झट । केटाले आफूलाई मन पर्ने केटीको घरमा दाउराको भारी लगेर राखिदिन्छ ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रकाशित : २२ भाद्र २०७६, आईतवार ०६:५६