किसान माइक्रो फाइनान्सले दिदै छ २५ प्रतिशत लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

किसान माइक्रो फाइनान्सले दिदै छ २५ प्रतिशत लाभांश



काठमाडौं / किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट २५ दशमलव १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।


भदौ १६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले २४ प्रतिशत बोनस सेयर र १ दशमलव १४ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारणसभाबाट पारित गरी सो लाभांश वितरण गरिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ८ करोड ६० लाख रहेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी १० करोड ६६ लाख पुग्नेछ ।

प्रकाशित : १९ भाद्र २०७६, बिहीबार ०८:२१