स्वदेशी लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

स्वदेशी लघुवित्तको लाभांश घोषणा



काठमाडाै । स्वदेशी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार दिउँसो ३ बजे बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को संचित मुनाफाबाट ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्तापुंजी २३ करोड रहेको छ ।

प्रकाशित : १८ भाद्र २०७६, बुधबार २२:१३