रिचार्जरको ग्याजेट्स बिग सेलमा ४९९ रुपैयाँमै मोबाइल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

रिचार्जरको ग्याजेट्स बिग सेलमा ४९९ रुपैयाँमै मोबाइल



काठमाडौँ । मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैयाँमा मोबाइल अफर सुरु भएको छ । रिचार्जरका एक जना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४९९ रुपैयाँमा खरिद गर्न सक्ने छन् ।

भदौ १९ गते बिहिबारका दिन रिचार्जर एपबाट ४९९ रुपैयाँमा मोबाइल खरिद गर्न सकिने छ । बिहिबार मध्यान्ह १२ बजेदेखि सुरु हुने अफर ४ घण्टासम्म चल्नेछ । रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहकाअनुसार ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको छ ।

साथै, एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचार्जरले वान प्लस सेभेन मोबाईल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास व्याक दिने योजना पनि ल्याएको छ ।

योजनाअनुसार एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टा भित्रमा सेवाग्राहीको बैंक खातामा नगद फिर्ता हुने एनआईसी एशिया बैंकले जनाएको छ ।

अन्य फोन पे एपहरुबाट उक्त मोबाइलको रकम भुक्तान गर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने रिचार्जरले जनाएको छ । त्यसैगरी, रिचार्जरले पनि उक्त मोबाइल किन्दा ५ प्रतिशत रकम बराबरको क्यास व्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था मिलाएको छ ।

साथै, रिचार्जरबाट सामसुङ नोट १० र नोट १० प्लस मोबाइल शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ ।

ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले केही समय अघि मात्र अपडेट गरिएको एपबाट सहज रुपमा आवश्यक उपकरणहरु खरिद गर्न सकिने बताए ।

भदौ ११ गतेदेखि चलिरहेको ग्याजेट्स मेलामा अफर भित्र अफर अन्तरगत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने छन् । अफर भित्र अफर सहित ५० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम् गरी मेलामा सुलभ मूल्यमा सामान किन्न सकिन्छ ।

प्रकाशित : १७ भाद्र २०७६, मंगलवार १६:५९