राष्ट्र बैंकले बैंकको साइबर सुरक्षा निर्देशिका जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्र बैंकले बैंकको साइबर सुरक्षा निर्देशिका जारी गर्ने



काठमाडौं । चिनियाँ ह्याकरको एक समूहले शनिबार नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटिएममार्फत करोडौं रुपैयाँ झिकेको घटनापछि बैंकको साइबर सुरक्षा नियमनतर्फ नेपाल राष्ट्र बैंक सक्रिय भएको छ ।

केन्द्रीय बैंकले बैंकहरुको साइवर सुरक्षासम्बन्धी निर्देशिका जारी गर्ने तयारी सुरु गरेको छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार शानिबारको घटनाको अनुसन्धान टुंगोमा पुग्नासाथ केन्द्रीय बैंकले साइबर सुरक्षासम्बन्धी निर्देशिका ल्याउनेछ । यो समाचार आजको अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १७ भाद्र २०७६, मंगलवार ०८:१३