दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउन सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउन सिफारिस



काठमाडाै । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठन भएको कार्यदलले कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई दूधको मूल्य बढाउन सिफारिस गरेको छ। सोमबार बसेको बैठकले निकालेको निश्कर्षका आधारमा दुधको मूल्य सिफारिस गरिएको हो।

कार्यदलले दूध बढी उत्पादन हुने समयमा प्रतिलिटर ६ रूपैयाँ र कम उत्पादन हुने समयमा प्रतिलिटर १० रूपैयाँका दरले बढाउन मन्त्रालयमा सिफारिस गरेको छ। बढेको दूधको मूल्य ६९ प्रतिशत किसानलाई जाने र बाँकी ३१ प्रतिशत उद्योगी तथा ब्यापारीलाई जाने बोर्डका अध्यक्ष बाबुकाजी पन्तले जानकारी दिए।

कार्यदललले सिफारिस गरेको मूल्यलाई मन्त्रालयले अध्ययन गरी एक दुइ दिन भित्रै डिडिसीलाई पत्र लेख्ने मन्त्रालयले जानकारी दिएको छ। डिडिसीलाई आएको निर्देशन अनुसार निजी डेरी उद्योगले पनि मूल्य लागू गर्नेछन्।

दुइ तीन वर्ष यता देखि दूधको मूल्य नबढेको भन्दै उद्योगी तथा किसानहरू सरकारलाई दूधको मूल्य बढाउन माग गर्दै आएका थिए।

प्रकाशित : ३ भाद्र २०७६, मंगलवार १५:१७