पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सनलाई सरकारले लगायाे डण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सनलाई सरकारले लगायाे डण्डा



काठमाडौँ । पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सनले तत्काल कुनै पनि ठेक्का लिन नपाउने भएका छन् ।

सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई ठूला ठेकेदार कम्पनी पप्पु र रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको हो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी दुई कम्पनी कालोसूचीमा राख्ने निर्णय गरिएको जानकारी गराएको छ।

हुलाकी राजमागर्गमा लिएको जिम्मेवारी पूरा नगरेको भन्दै हुलाकी सडक निर्देशनालयको कालोसूचीमा राख्न सिफारिस गरेको र सोहीअनुसार खरिद अनुमनले रमण-पप्पु जेभी जनकपुर-९ लाई कुनै पनि सार्वजनिक खरिदमा तत्काल सहभागी हुन नपाउनेगरी रोक लगाएको छ।

यसअघि नै कार्यालयले ठेक्का रोक लगाउने भन्दै सूचना जारी गरेको भएपनि अदालतको आदेश ल्याएका कारण रोकिएको थियो । तर, अदालतले साउन १५ गतेको सुनुवाईमा पहिलेको अन्तरकालिन आदेश खारेज गरिदिएपछि रोक लगाउने निर्णय कार्यान्वयन गरेको हो ।

यी कम्पनीहरुलाई सार्वजनिक खरिद नियमावलीको नियम १४१ बमोजिम कालोसूचीमा राख्ने प्रक्रियामा अघि बढाउनका लागि तत्काल कुनै पनि ठेक्कामा भाग लिन रोक लगाइएको कार्यालयले जानकारी दिएको छ ।

कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेसँगै यी दुई कम्पनीले अबको ६ महिनासम्म नयाँ ठेक्कामा भाग लिन पाउने छैनन् भने पूरानाको काममा कुनै बाधा पर्ने छैन ।

६ महिनाभित्र कालोसूचीमा राख्ने निर्णय भएमा तोकिएको समयसम्म यी कम्पनी र व्यक्ती सम्बद्ध अन्य कम्पनी पनि अयोग्य हुने छन्।

प्रकाशित : २१ श्रावण २०७६, मंगलवार १३:५१