राष्ट्रिय सहकारी बैंक १७ औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय सहकारी बैंक १७ औं वर्षमा प्रवेश



काठमाडाै । सहकारी संघ/संस्थाहरुको प्रवर्द्धन, विकास एवम् बैंकिंग कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक स्थापनाको १७ औं वर्षमा प्रवेश गरेको छ ।

सहकारी संघ÷संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनीहरूको वित्तीय आवश्यकतालाई पुरा गरी ती संघ÷संस्थाहरूलाई बैकिङ्ग सेवामा पहँुच दिन तथा अन्य वित्तीय सेवा सुविधाहरू उपलब्ध गराई सहकारी क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले २०६० आषाढ २५ गते राष्ट्रिय सहकारी बैंकको दर्ता भएको थियो ।

बैंकले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरू बीच २०६१ साउन १९ गतेदेखि कारोबार गर्दै आएको छ । बैंकलाई २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोबार गर्न स्वीकृति प्राप्त भएको थियो ।

बैंकले विगत लामो समयदेखि बैंक स्थापना भएको दिन असार २५ गतेका दिनलाई आप्mनो स्थापना दिवसका रुपमा मनाउँदै आएकोमा गत वर्षदेखि कारोबार शुभारम्भ भएको दिनलाई स्थापना तथा कारोबार शुभारम्भ दिवसका रुपमा मनाउन थालेको हो ।

प्रकाशित : १९ श्रावण २०७६, आईतवार ०८:२८