लगानीकर्ताले पत्याएनन् एनआइसी एसियाको म्युचुअल फन्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लगानीकर्ताले पत्याएनन् एनआइसी एसियाको म्युचुअल फन्ड



काठमाडाै । एनआइसी एसिया ब्यालेन्स फन्डको १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड भर्ने समय लम्बिएको छ । पहिलो चरणको निर्धारित समयमा साउन १२ गतेसम्म म्युचुअल फन्ड नबिकेपछि आवेदन दिने समय बढाइएको हो ।

साउन ८ गते बाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ नाममा १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्कासन गरिएको हो । यसमध्ये सर्वसाधारणले १० करोड ६२ लाख ५० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस्तै, बिज पुँजी बापत १ करोड ७५ लाख इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंक र १२ लाख इकाई कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटललाई सुरक्षित गरिएको छ ।

सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा अब भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । यसलाई एनआइसी एसिया क्यापिटलले व्यवस्थापन गरेको छ ।

प्रकाशित : १३ श्रावण २०७६, सोमबार १२:४६