यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सुचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सुचिसहित)



सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ। गएकाे ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, सरकारले २ मन्त्रालयका २ जना सचिवको सरुवा पनि गरेको छ । बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा उर्जा आयोग र जल तथा उर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरको जानकारी दिए ।

यसैगरी, सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ ।

बैठकले खानेपानी, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएको हो ।

जसअन्तर्गत अब सरकारले खानेपानी मन्त्रालयअन्तर्गत २१३ जना बन मन्त्रालय अन्तर्गत ५० र श्रम मन्त्रालयअन्तर्गत ७२६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

प्रकाशित : ९ श्रावण २०७६, बिहीबार १९:५१