अशोक लेलैण्डका गाडी किन्नेलाई कामना सेवाको ७५ प्रतिशत सम्म कर्जा सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अशोक लेलैण्डका गाडी किन्नेलाई कामना सेवाको ७५ प्रतिशत सम्म कर्जा सुविधा



काठमाडौं । अटोमाबाइल सेवा प्रदायक कम्पनी अशोक लेलैण्ड र कामना सेवा विकास बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्स (अशोक लेलैण्ड) को तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले अशोक लेलैण्डको सवारी खरि गर्दा बैंकबाट सहज रुपमा ७५ प्रतिशत सम्मको कर्जा सुविधा पाउने छन् । ग्राहकहरुले कम्पनीका विभिन्न प्रकारका सवारी साधनहरु खरिद गर्दा कर्जा सुविधा पाउने भएका हुन् । आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखले बताएका छन् । ।

सन् २००१ मा रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुपले रेमिटेन्सको साथै, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।

प्रकाशित : ३ श्रावण २०७६, शुक्रबार १५:४६