मल्टीपर्पस फिनांसको हकप्रद खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

मल्टीपर्पस फिनांसको हकप्रद खुल्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेडको हकप्रद शेयर असार २३ गते अर्थात आजदेखि खुल्ला भएको छ । जसको लागि बुक क्लोज असार ११ गतेदेखि गरिएको थियो । उक्त हकप्रद असार १० गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

कम्पनीले प्रति साधारण शेयर एक सय रुपैयाँको दरले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६ सय को १ कित्ता साधारण शेयर बराबर ८ दशमलव ६५ कित्ताले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद शेयर भर्ने मिति असार २३ गतेदेखि साउन २६ गतेसम्म रहेको छ । यस सार्वजनिक निष्काशनलाई इक्रा नेपाल लिमिटेडले खराब आधारहरु जनाउने ICRANP छ Grade प्रदान गरेको छ ।

हकप्रद शेयर खरीदका लागि दरखास्ता पाइने सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमार्डौ, मल्टीपर्पस फिनांस कम्पनी केन्द्रिय कार्यलय राजविराज, सप्तरी, सिभिल बैंकका शाखा कार्यालयहरु विराटनगर, बीरगंज, नारायणगढ, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी तथा विरेन्द्रनगर सुर्खेतमा रहेका छन् । नेपाल धितोपत्रबोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट भर्न सकिन्छ ।

प्रकाशित : २३ असार २०७६, सोमबार १२:०३ 8 July, 2019 12:03 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।