सहकारीमा एकिकरण अपरिहार्यः मन्त्री अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीमा एकिकरण अपरिहार्यः मन्त्री अर्याल




काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा शुसासनका निम्ति एकिकरण अपहिार्य भएको बताएकी छन् । उनले शुसाशन,उत्पादन बृद्धि, कृषिको रुपान्तरणका लागि सहकारीलाई एकिकरण गरेर मजबुद बनाउनुका लागि आव्हान समेत गरिन् । ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ र युएनडीपले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उद्यमशिलता विकास र युवा तथा महिला सहभागीता बृद्धि गर्नका लागि सहकारीले जोड दिनुपर्ने बताइन् । यस बर्ष मर्यादिक कामका लागि सहकारी भन्ने थिमका साथ ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो । प्रत्येक बर्षको जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।


युएनडीपीका आवासीय प्रतिनिधि आइसियानी लावेले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीले महत्वपूर्ण योगदान दिने बताउँदै नेपालमा युएनडीपीले ५ सयभन्दा बढि सहकारी र विभिन्न मन्त्रालयसँग सहकार्य गरेर स्थानीय तहमा काम गरिरहेको बताइन् । उनले सहकारी अर्थतन्त्रको मुख्य आधार भएको बताउँदै सहकारीलाई महत्व दिएको नेपालको संविधानले विश्वका लागि उदाहरणीय रहेको बताइन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले मर्यादित काम सिर्जना गर्न सहकारीले युद्धस्तरमा काम गरेको र आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले सहकारी समाजिक व्यवसाय भएको बताए ।
योजना आयोगका सदस्य दिलबहादुर गुरुङले सहकारी नेपालको स्थानीय अर्थतन्त्रको मुल आधार र मेरुदण्ड रहेको बताए । उनले १५ औं योजनाको अवधारणपत्रमा समृद्ध नेपाल सुखी नेपालीका लागि मापन गर्ने आधार समेत तयार गरिएको बताए । समृद्ध मुलुक निर्माणमा सहकारीको योगदान महत्वपूर्ण हुने बताए । उनले १२ वटा सुचकमार्फत समृद्धको मापन गर्ने र सुखी नेपालको मापन ६ वटा लक्ष्य र २४ वटा सुचकबाट मापन गरिने बताए ।
नेपालको समृद्धिको अभियानमा सहकारी महत्वपूर्ण क्षेत्र रहेको सो भेला स्विकारेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मर्यादि समाज निर्माण गर्नका लागि सहकारीको भूमिका महत्व रहेको बताउँदै पत्यक्ष रुपमा सदस्य आफै समस्या समाधानकर्ता रहेको बताउनुभयो । यसले मर्यादि कार्यव्यवहार, परिवेश, पुँजी प्रविधि सिर्जनामा योगदान गर्ने बताए । उनले सहकारी स्वयम मर्यादामा रहनुपर्ने संस्था रहेको मा जोड दिर्दै सहकारी समाजलाई रुपान्तरण गर्ने गेमचेन्जरका रुपमा रहेको बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयकी सह सचिव चन्द्रकला पौडेलले कार्यक्रममा मर्यादित कामका लागि सहकारी विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाह, सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डे, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष ओमदेवी मल्ल, पुर्व अध्यक्ष दिपक प्रकाश बास्कोटाले सम्बोधन गरेका थिए ।
नेपालमा हाल करिब ३५ हजार सहकारी संघ÷संस्थारहेका छन् भने ६३ लाख जनसख्यां यो अभियानमा जोडिएका छन् भने ६० हजारलाई रोजगारी दिएको छ । कुल महिला जनसख्याको २३ प्रतिशत महिला सहकारीमा आवद्ध रहेका तथ्यांकले देखाएको छ । यो नेपालको सबैभन्दा धेरै जनसहभागीता रहेको क्षेत्र हो ।
सहकारी पुरस्कृत
अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले सातै प्रदेशका उत्कृष्ट सहकारी संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट प्रदेश १मा झापाको शुभलक्ष्मी सकारी संस्था, प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरेको हो । प्रदेश ३ बाट ललितपुरको श्री लालिगुराँस बुहउद्देश्यीय सहकारी संस्था लि., गण्डकी प्रदेशबाट बागलुङको आदर्श संचार सहकारी संस्था पुरस्कृत भए । प्रदेश ५ बाट रुपन्देशी सामुहिक विकास साकोस, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदुरपश्चिम प्रदेशबाट कैलालीका किसान बहुउद्देश्यीय सहकारी संस्थालाई नगद २० हजार पुरस्कार सहित सम्मान गरिएको छ ।
त्यसैगरी सो अवसरमा विभिन्न १० जिल्लास्तरीय संघहरुलाई कार्यालय उपकरण समेत वितरण गरिएको थियो ।

प्रकाशित : २२ असार २०७६, आईतवार ०७:५०