आँधीखोला लघुवित्तको आईपीओ असार २२ गतेदेखि खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आँधीखोला लघुवित्तको आईपीओ असार २२ गतेदेखि खुल्ला



काठमाडौँ / आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि असार २२ गतेदेखि खुल्ला गर्ने भएको छ ।

गत साता मात्र नेपाल धितोपत्र बोर्डले आईपीओ निस्कासन गर्ने अनुमति दिएसँगै आँधीखोला लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित ४ करोड मूल्यको आईपीओका लागि आवेदन खुल्ला गर्न लागेको हो ।

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्री कार्यालय रहेको आँधी खोलाले कम्पनीका कर्मचारीहरुका लागि ५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर छुट्याएको छ भने बाँकी ३ लाख ७५ हजार सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो
लगानीकर्ताले कम्तीमा १० र अधिकतम २ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने छन् । कम्पनीले आईपीओका लागि आवेदन दिने अन्तिम मिति छिटोमा असार २५ गते र ढिलामा साउन २० गतेसम्मका लागि तोकिएको छ ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ ।

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । यो वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा जिल्लामा बिस्तार गरिसकेको छ।

प्रकाशित : १५ असार २०७६, आईतवार १४:५९