अखिलमा नविनाको प्यानल नै विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अखिलमा नविनाको प्यानल नै विजयी



काठमाडौं। नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रतिद्धन्द्धी दिपक गौतमलाई पछाडी पार्दै निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भएकी हुन्। लामाले ८ सय ६५ मत ल्याएकी छिन् भने प्रतिष्पर्धी गौतमले मत ६ सय ४९ पाएका छन् । अखिलको इतिहासमा लामा दोस्रो महिला अध्यक्ष हुन्। एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री अखिलको पहिलो महिला अध्यक्ष हुन्। लामा २० बर्षदेखी निरन्तर अखिलको राजनीतिमा क्रियाशिल छिन।
यसैगरी उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेस लामा विजयी भएका छन्। महासचिवमा ऐनबहादुर महर विजयी भएका छन्। उनीहरु सबै पार्टी अध्यक्ष केपी शर्मा ओली अर्थात संस्थापन पक्ष निकट हुन। अनेरास्ववियुको २२ औं महाधिवेशनमा १५ सय ९७ जना कुल मतदाता थिए । यी मध्ये ७८ मत खसेको थिएन।

प्रकाशित : ९ फाल्गुन २०७२, आईतवार १६:०९