नेप्सेमा ६ लाख कित्ता बढी आईपिओ सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा ६ लाख कित्ता बढी आईपिओ सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्चेन्ज नेप्सेमा सोमबार ६ लाख कित्ता बढी आईपिओ सुचिकृत भएको छ । नेप्सेमा स्वाभिमान लघुवित्तको ६ लाख १८ हजार ६ सय १० कित्ता आईपिओ सुचिकृत भएको हो ।

स्वाभिमान लघुवित्तले बैशाख २७ गतेदेखि १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो ।

शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको कारोबार सुरु हुनेछ। नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ ।

आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड १८ लाख पुगेको छ।

प्रकाशित : २७ जेष्ठ २०७६, सोमबार १४:११