पोर्न स्टार बिन्दु परियारले ७२ करोड रुपैयाँ पाउने गफ मात्रै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

पोर्न स्टार बिन्दु परियारले ७२ करोड रुपैयाँ पाउने गफ मात्रै



अमेरिकामा नर्सिङ पढ्न गएकी पोखराकी बिन्दु परियारले आफ्ना पूर्वपति टम रान्डेल सेवेलबाट ७२ करोड रुपैयाँ पाउने कुरा शैद्धान्तिक मात्रै रहेको खुलेको छ ।
जबर्जस्ती यौन व्यापार र पोर्न फिल्ममा काम गर्न लगाएको कसुर प्रमाणित गर्दै स्थानीय अदालतले केही समयअघि बिन्दुको पक्षमा फैसला गरेर सात दशमलव २५ मिलियन डलर क्षतिपूर्ति दिनु पर्ने जनाएको थियो ।


त्यो रकम बिन्दुले नियमतः पाउँछिन् । तर दिने कसले ? बिन्दुले भनेकी छिन्, ‘वेसेलसँग सवा सात मिलियन त के त्यसको दश प्रतिशत सम्पत्ति पनि छैन । अदालतले तोकेको क्षतिपूर्तिको १० प्रतिशत मात्रै पाउने हो भने पनि मेरो लागि ठूलो कुरा हुन्छ । अदालतले फैसला गरे पनि त्यति रकम मैले पाउँदिन किनभने मलाई क्षतिपूर्ति दिनुपर्नेसँग सम्पत्ति नै छैन भने मैले कसरी पाउछु ?’
सेवेलसँग भएको सम्पत्तिबाट बिन्दुले थोरै भए पनि क्षतिपूर्ति पाउन सक्छिन् । तर त्यो पनि प्रक्रिया पूरा हुन अझै कति समय लाग्ने हो एकिन छैन ।kathmandutoday

प्रकाशित : ८ फाल्गुन २०७२, शनिबार १५:४२