काठमाडौं । यस महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुरुप थप दुई नयाँ शाखा विस्तार गरेको छ ।
यसै क्रममा बैंकले यही जेष्ठ १५ गते ललितपुरको झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौंको शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । योसहित बैंकको शाखा संख्या ९५ पुगेको छ ।
बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।
Comment