सनराइज बैंकको हेल्थ केयर कार्ड, यसरी लिनुस् सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको हेल्थ केयर कार्ड, यसरी लिनुस् सेवा



काठमाडौ । उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै यस सन्राइज बैकले हेल्थ केयर कार्ड को सुभारम्भ गरेको छ । उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पि.ओ.एस. बाट भुक्तानि गर्दा सामान्य डेविट कार्डको भन्दा बढि रकमको भुतmानिको सुबिधा प्रयोग गर्न सक्नेछन् ।

साथै सनराइज हेल्थ केयर कार्ड प्रयोग गरि भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सकिनेछ । यस बाट ग्राहक वर्गलाई थप लाभान्वित हुने आशा बैकले लिएको छ ।

हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको बिवरण र डाक्टरको सिफारीस वा अन्य जानकारीको कागजपत्र बैकमा पेश गनु पर्नेछ । यदि कुनै सिफारीस वा थप अन्य जानकारीको कागजपत्र नभएको अवस्थामा पनि उतm कागजपत्रहरm उपचार पस्चात दिने शर्तमा हेल्थ केयर कार्ड लिन पनि सकिने छ । साथै हेल्थ केयर कार्ड विरामी आफै उपस्थित हुन नसकेको अवस्थामा विरामीको नजीकको नातेदारको नाममा पनि जारी गर्न सकिने छ ।

यसका साथै सन्राइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरmले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चस, बढीमा १ लाख रmपैँया वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् । बिगतका योजना अनुसार बषमा एक चोटी बिमा दाबी गर्न सकिन्थ्यो भने चैत्र १, २०७५ सालदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बिमा दाबी गर्न सक्ने योजना अगाडी ल्याइएको छ । साथै सन्राइज बैंकका बचतकर्ताहरmले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरmमा २० प्रतिशतसम्म छुट दिदै आएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलवार १७:३७