सूर्या लाइफ इन्स्योरेन्सको बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूर्या लाइफ इन्स्योरेन्सको बुक क्लोज कहिले ?



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको आगामी जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि ९ दिनसम्म बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभा असार ११ गते बस्दै छ । उक्त सभा सो दिन विराटनगरस्थित कम्पनीको रजिष्ट्रार कार्यालयमा गर्ने बस्ने निर्णय भएको छ । सो निर्णय जेठ १७ गते बसेको कम्पनीको २४१औँ बैठकले गरेको हो ।

प्रकाशित : १९ जेष्ठ २०७६, आईतवार १२:१९