उन्नति माइक्रोफाइनान्समा लगानीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उन्नति माइक्रोफाइनान्समा लगानीको अवसर



काठमाडाै । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको आज बिहीबार देखि ८ हजार ८९५ कित्ता शेयर लिलामीमा आएको छ। उन्नतिले यसअघि २० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । सोही बेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो ।

सोही बेला बिक्री हुन बाँकी रहेको शेयर अहिले लिलामीमा ल्याइएको हो । कम्पनीले ५ बराबर १ को अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ लाख १ हजार १०५ कित्ता हकप्रद मात्र बाँडफाँट भएको थियो ।
कम्पनीले सर्वसाधारण समूहको ७ हजार ६१७ कित्ता र संस्थापक समूहको १२ सय ७८ कित्ता गरी कुल ८ हजार ८९५ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो। यस सेयरमा लगानिकर्ताले प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने कम्पनीले जनाएको छ।

उन्नतिको नेप्सेमा बुधबार प्रतिकित्ता ११ सय ४० रुपैयाँमा अन्तिम सेयर कारोबार भएको छ । लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।
लगानीकर्ताले यो लिलामीमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २६ बैशाख २०७६, बिहीबार १३:०३