आलोपालो सहकारीले बर्दियाको पर्यटन क्षेत्रको उजागर गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आलोपालो सहकारीले बर्दियाको पर्यटन क्षेत्रको उजागर गर्ने



काठमाडाै । वर्दियाको युवाहरुको प्रयासमा सञ्चालित आलोपालो बचत तथा ऋण सहकारी संस्था लि.ले २०७६ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । बर्दियाको पर्यटन विकासलाई सहयोग पुग्ने उद्देश्यले संस्थाले क्यालेण्डर प्रकाशन गरेको संस्थाका अध्यक्ष सुरेन्द्रराज पौडेल ‘सञ्जिव’ले जानकारी दिए ।

‘वर्दिया जिल्ला पर्यटनको प्रचुर सम्भावना हो ।’ उनले भने ‘त्यसैले संस्थाको क्यालेण्डरमा बर्दियाको विभिन्न पर्यटन क्षेत्रको बारेमा जानकारी दिन त्यहाँको तस्बिर पनी क्यालेण्डरमा सार्वजनिक गरेको छु । ’

 

आफ्नो क्षेत्रको प्रचार प्रसारमा आफै नै लाग्नु पर्ने उनको तर्क छ । आफ्नै ठाउमा पर्यटकिय स्थल भएकोले विदेशीयका नेपालीहरुले यही रोजगारीको सिर्जना गर्न समेत उनले आग्रह गरेका छन । बर्दिया रोजगारीको लागी उपयुक्त ठाउँ भएकाले आफ्नो ठाउँमा नै केही गर्न सकियोस भन्ने उद्देश्यले उनले संस्थाले क्यालेण्डरमा सम्पूर्ण पर्यटकीय स्थलको बारेमा जानकारी दिएका छन ।

बर्दियाका युवाहरु विदेशीभूमीमा पसिना बगाए जस्तै यही ठाउमा पसिना बगाउने हो भने केही गर्न सकिन्छ भन्ने उदाहरण थुप्रै छन । सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेकोले आफ्नो क्षेत्रलाई पनी पर्यटन हवको रुपमा विकास गर्न सके त्यस क्षेत्रको पर्यटन क्षेत्रमा ठुलो योगदान पुग्ने उनको भनाई छ ।

अझै पनी बर्दियाको पर्यटन क्षेत्रबारे धेरै जानकारी नभएकोले क्यालेण्डरमा आफ्नो क्षेत्रको पर्यटनस्थलको बारेमा जानकारी दिने उद्देश्यले क्यालेण्डर सार्वजनिक गरेको संस्थाका अध्यक्ष सञ्जिव बताए ।

प्रकाशित : ४ बैशाख २०७६, बुधबार १७:२४